काठमाडौं । मुलुकभर ३३ हजार ५६२ जनाको नमुना संकलन गरी कोरोना परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार आरडीटी विधिबाट २५ हजार १४८ जना र ८ हजार ४१४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको हो । उनले भने, “पाँच हजार ९३६ जना देशैभरका क्वारेन्टाइनमा रहेका छन् ।”
देशैभरका अस्पतालको आइसोलेसनमा १११ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको आशंकामा काठमाडौं उपत्यकाभित्र ४ जना र बाहिर १०७ जना उपचाररत रहेको मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफ्रिङमा बताइयो ।
गत २४ घण्टामा मन्त्रालयले जारी गरेका हाम्रो स्वास्थ्य मोबाइल एपमा ३ जना रेड जोनमा परेका छन् हालसम्म रेड जोनमा २ सय ६३ जना पुगेका मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति जनाको आरडीटी परीक्षण
सरकारले सातै प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्ने र्यापिड टेस्ट कीट (आरडीटी) परीक्षण सुरु गरिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा दुई हजार ३४९ जना, प्रदेश २ मा तीन हजार २३८ जना, वाग्मती प्रदेशमा चार हजार ६५१, गण्डकी प्रदेशमा दुई हजार ७५१, प्रदेश ५ मा दुई हजार ३२४, कर्णाली प्रदेशमा तीन हजार २३२ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५७८ जनाको आरडीटी परीक्षण भइसकेको छ । – baarakhari
प्रतिक्रिया