मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा आगोले जलेकी महिलाको उद्धार, उपचारका लागि काठमाडौ लगियो

बाजुरामा आगोले जलेकी महिलाको उद्धार, उपचारका लागि काठमाडौ लगियो


बाजुरा: बाजुरामा आगोले जलेकी मुस्लिम महिलालाई उपचारका लागि काठमाडौ लगिएको छ। जिल्लाको बुढिनन्दा नगरपालिका– ६ कोटिला बस्ने ३५ वर्षीया गौचना मियालाई नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले सहयोग गर्ने भएपछि उनलाई काठमाडौ पठाइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बताए। 

उपचार अभावमा अस्पतालको शैयामा भनेर समाचारमा पढेपछि आफुहरुले उपचारमा सहयोग गर्ने संस्थाका अध्यक्ष सम्राटसिंह बस्नेतले बताएका छन्। काठमाडौमा रहेको शिक्षण अस्पताल उपचार गर्ने खान बस्ने र उपचारको सहयोग संस्थाले गर्ने उनले बताए। गौचनाको उपचारका पहलका लागि पत्रकार महासंघ बाजुरा अध्यक्ष तथा सामाजिक अभियन्ता प्रकाश सिंहले सहयोग गरेका थिए।

चैत २१ गते आगोले जलेकि गौचना मिया चैत २८ गते मात्र जिल्ला अस्पताल बाजुरामा उपचारका लागि ल्याएको अस्पतालले जनाएको छ। समाचार प्रकाशितपछि काठाडौमा एक संस्थाले उपचार गरिदिने भनेपछि एम्बुलेन्सको व्यवस्थापन गरेर काठमाडौ पठाइएको सामाजिक अभियन्ता सिंहले बताए।

एम्बुलेन्सका लागि बुढिनन्दा नगरपालिकाबाट ५० हजार, नेपाली सेनाका मेजर रबिन श्रेष्ठले २ हजार, नेकपाका नेता जनक बोहोराले २ हजार र जनम धामी र जंगबहादुर बिष्टबाट ४ हजार सहयोग गरेर गौचनलाई एम्बुलेन्स मार्फत काठमाडौ लगिएको उनका श्रीमान धराज मियाले बताएका छन।  

चैत २१ गते खाना पकाउने समयमा बिरामी भएर आगोमा ढलेर उनि जलेको श्रीमान धनराज मियाले बताए। गौचनाको २७ प्रतिशत भाग जलेको अस्पताल बाजुराका डा. रोहित गिरीले बताए। – dineshkhabar