मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यादेश फिर्ता लिन कांग्रेसले दबाब सिर्जना गर्ने

अध्यादेश फिर्ता लिन कांग्रेसले दबाब सिर्जना गर्ने


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग सोमबार जारी दुबै अध्यादेश फिर्ता लिन माग गरेको छ । 

मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकले सरकारसँग संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको हो । 

बैठकले सरकार ल्याएको अध्ययादेशको भत्र्सना र खेद व्यक्त गर्दै फिर्ता लिन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

उनले अध्यादेशका बारेमा बैठकमा आन्तरिक परामर्श गरिएको र कांग्रेसले चाल्ने आगामी कदमका बारेमा बुधबारमात्रै सार्वजनिक गरिने बताए । 

“यो विषय हाम्रो आन्तरिक छलफलको क्रममा छ । यस बारेमा अहिले हामीले केही परामर्श गरेका छौं । यस बारेमा उपयुक्त कुरा भोलीमात्रै तपाईंले जानकारी पाउनु हुनेछ,” उनले भने, “अहिले जम्माजम्मी सरकारले ल्याएको विधेयक (अध्यादेश) को खेद व्यक्त गरेका छौं । भत्र्सना गरेका छौं । विधेयक फिर्ता लिने गरी सरकारलाई अपिल गरेका छौं ।”

उनले संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश संविधानको मूल मर्म , भावना र अहिलेको परिस्थिति ल्याउन नहुने धारणा पार्टीले सार्वजनिक गरिसकेको भन्दै त्यही धारणालाई अगाडि लैजाने प्रतिक्रिया दिए ।  “कांग्रेसले यही धारणा सरकार समक्ष राख्छ र निर्णय फिर्ता लिन दबाब दिन्छ, अपिल गर्छ । अहिले हामीले गरेको निर्णय यही हो,” प्रवक्ता शर्माले भने । 

सरकारको पछिल्लो कदमका बारेमा छलफल गर्न कांग्रेसले मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको थियो ।  कांग्रेसले सोमबार पे्रस विज्ञप्ति जारी गरेर संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश जारी हुनुलाई ‘आपत्तिजनक कदम’ र ‘गैर जिम्मेवार प्रवृत्ति’ का रुपमा टिप्पणी गरेको थियो । – baarahkhari