मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनका कारण अप्ठेरोमा परेकालाई कांग्रेस रामारोशनले सहयोग गर्ने

लकडाउनका कारण अप्ठेरोमा परेकालाई कांग्रेस रामारोशनले सहयोग गर्ने


अछाम

नेपाली कांग्रेस रामारोशन गाँउपालिकाले सरकारको लकडाउनका कारण अप्ठेरोमा परेका दैनिक ज्याला मजदुरी गरी खाने श्रमिक वर्गहरुलाई समस्या परेको खण्डमा सहयोग गर्ने जनाएको छ ।

रामारोशन गाँउपालिका भन्दा बाहिर रहेर देशको विभिन्न ठाँउमा भाडामा बसेर अध्ययन गरिहेका बिद्यार्थीलाई पनि खाद्यान्नय लगायतका कुरामा समस्या परेमा सहयोग गर्ने कांग्रेस रामारोशनले जनाएको छ ।

जुन ठाँउमा समस्या भयो त्यस ठााउमा रहेका कांग्रेस रामारोशनका नेता कार्यकर्तालाई आवश्यक परेमा सहयोग गरिदिन समेत कांग्रेस रामारोशनले अपिल गरेको छ ।

साथै कांग्रेस रामारोशनले समस्यामा परेकालई आवश्यक सहयोग चाहिईएमा खबर गर्न सम्पर्क नं. समेत उल्लेख गरेको छ ।

एक अपिल जारी गर्दै कांग्रेस रामारोशनले सरकारले जारी गरेको लकडाउनलाई पूणरुपमा पालना गर्न समेत अनुरोध गरेको छ ।

यस्तो छ अपिल