मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन ५ का ३० परिवारलाई ३० बोरा चामल वितरण

मंगलसेन ५ का ३० परिवारलाई ३० बोरा चामल वितरण


कमल रावल बैशाख ९ अछाम ।

जापानमा रहनु भएका ज्वाला संग्रौलाको सहयोगमा मंगलसेन नगरपालिका वडा नम्बर ५ का ३० परिवारलाई ३० बोरा चामल वितरण गरिएको छ ।

बिपन्नवर्ग एकल महिला र सुकुम्बासीलाई यतिबेला राहत वितरण गर्ने अभियान अन्र्तगत वडा नम्बर ५ सँग सहकार्य गर्दै एक ब्यक्तिलाई ३० केजिको कट्टा चामल वितरण गरिएको बताईएको छ ।

संग्रौला सहयोग तथा मंगलसेन ५ निवासि हिमाल उपाध्यायको सक्रियतामा शोडषा माध्यामिक विद्यालयमा सामाजिक दुरि कायम गर्दै सुरक्षाकर्मिको सहयोगमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको बताईएको छ ।

अझै पनि २ घरपरिवारका विपन्न राहत पाउने छुट्ेकाले भोलि ति २ परिवारलाई समेत राहत स्वरुप चामल दिईने उपाध्यायले बताउनु भयो । कोरोनाभाईरसको संक्रमणले यतिबेला धेरैले नागरिकले समस्या भोगेका बेला पिडितलाई राहत सहयोग गरेको संग्रौलाले बताउनु भयो

राहत वितरण कार्यलाई सहज तुल्याउन सहयोग गर्ने मंगलसेन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद ढुगाँना लगाएत उहाँले सामाजिक संञ्जाल मार्फत धन्यवाद समेत ज्ञापन गर्नु भएको छ ।

अछाम मंगलसेन राहत वितरणको दोस्रो कार्य हो भने यसअघि उहाँले धरानका ३० गरिब तथा सुकुम्बासीलाई राहत वितरण गरिक्नु भएको छ ।