निको हुने ७ पुगे
काठमाडौं- धनगढीस्थति सेती प्रादेशिक अस्पतालमा उपचाररत अर्का एक जना व्यक्तिले पनि कोरोना जितेका छन्।
उनी १९ दिनको उपचारपछि उनी निको भएका हुन्। यो सहित नेपालमा उपचारपछि निको हुनेको संख्या ७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ४० वर्षिय पुरुष उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।
कञ्चनपुरको बेदकोट नगरपालिकाका उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो।
यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय संक्रमित युवक निको भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ।
अहिले अस्पतालमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको उपचार भइरहेको छ।
टेकुमा उपचाररत धादिङका एक युवा पनि उपचारपछि निको भएका छन्। उनलाई धादिङको स्थानीय तहसँगको समन्वयमा डिस्चार्ज गर्ने तयारी भएको छ। – swsthyakahabr
प्रतिक्रिया