मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखका २ सय ६७ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

मेल्लेखका २ सय ६७ जनाको आरडिटी रिपोर्ट नेगेटिभ


बैशाख १०, अछाम

अछाम जिल्लामा आरडिटी परिक्षण कार्यलाई तिब्रता दिईएको छ ।

यतिबेला स्वास्थ्य कार्यालय अछामको समन्वय तथा जिल्ला अस्पताल तथा सम्बन्धीत पालिकाका स्वास्थय कर्मि खटेर परिक्षणलाई तिब्रता दिईएको हो ।

यसैबिच मेल्लेख गाउँपालिकाको वडा नम्वर १ र २ ऋषीदह र वडा नम्वर ३ ठाटीमा पनि आरडिटी परिक्षण गरीएको छ । वडा नम्वर १ र २ ऋषीदहमा १ सय २८ जना पुरुष र २२ जना महीला गरी १ सय ५० जना, वडा नम्वर ३ ठाँटीमा ९८ जना पुरुष र १९ जना महीला गरी १ सय १७ जनाको परिक्षण गर्दा सबैको रिपोर्ट नेगेट्भि आएको खबर प्राप्त भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय अछामको समन्वय र मेल्लखे गाउँपालिकाको सहयोगमा आरडिटी परिक्षण गरीएको थियो । जिल्ला स्वास्थ्य कार्यलय आटानमका प्रमुख झकराज ढंगानको नेृतत्वमा गएको परिक्षण टोलीमा जनस्वास्थ्य निरीक्षक झपट राज ढंगाना, जिल्ला अस्पतालका टोप बहादुर बिष्ट र सत्य थापा लगायतको सहभागीता रहेको लाल बहादुर चदाराले जानकारी दिनु भयो ।

आजै वडा नम्बर १ र २ ऋषिदमा मेल्लेख गाउपालिकाका अध्यक्ष लोक बहादुर बोहराले कोरोनाभाईरस वडामा भित्रिन नदिन वडाले गरेको तयारी, निशेधाज्ञाको पालनाको बारेमा अनुगमन गर्नु भएको छ ।