मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसानहरूकाे दु:ख सम्बोधन गरीने छ : नगर प्रमुख बोहरा

किसानहरूकाे दु:ख सम्बोधन गरीने छ : नगर प्रमुख बोहरा


अछाम

मंगलसेन नगरपालिका वडा नम्वर १ को आगरतोला र दोबाटाखालमा बिहिबार राती परेको असिना पानीले गरेको क्षतीको बारेमा बुझ्नका लागी नगर प्रमुख पदम बहादुर बोहराको टोलीले स्थलगत अनगुमन गरको छ ।

अनुगमनका क्रममा नगरप्रमुख बोहराले किसानको गहुँ बालीमा भएको क्षेत्री बारे स्थलगत जानकारी लिई राहातका लागी नगरपालिका बाट पहल गर्ने र प्रदेश सरकारमा सफारीस गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

साथै किसान लाई परेको दुख लाई मंगलसेन नगरपालिकाले संवोदन गर्ने भन्दै नगरप्रमुख बोहराले चिन्तीत नहुन आग्रह गर्नुभयो ।

हरबखत नगरपालिकाका जनताको साथमा रहेको भन्दै किसानको दुखमा साथ दीन आफु निरन्तर लागीरहने बताउनुभयो ।

 अनुगम क्रममा नगर प्रमुख बोहरा, प्रमुख प्रशासकीय अधिृकत ओमकार शाह, वडा नम्वर १ का वडा अध्यक्ष गोपाल थापा, वडा नम्वर २ का वडा अध्यक्ष मान बहादुर बोगटी, नगरपालिकाका कृर्षि प्राविधीक कैलाश कुमार साउद सहीतको टोलीको सहभागीता रहेको नगरपालिकाका एमआईएस अपरेटर होम साउदले जानकारी दिनुभएको छ ।