मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाब्लाका सबै व्यक्तिको आरडिटी रिपोर्ट ‘नेगेटिभ’

बाब्लाका सबै व्यक्तिको आरडिटी रिपोर्ट ‘नेगेटिभ’


अछाम

साँफेबगर नगरपालिका वडा नं.१३ बाब्लाका सवै व्यक्तिको नोबेल कोरोना भाइरस (कोभिड–१९) को ¥यापिड टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

भारत तथा जिल्ला वाहिरबाट घर फर्किएका ९० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए/नभएको एकिन गर्नका लागि ¥यापिड टेष्ट गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले जानकारी दिए ।

६२ पुरुष र २८ जना महिलाको आरडिटि चेकजाँच गरिएको उहाँको भनाई रहेको छ । ५७ जना भारत तथा ३३ जना जिल्ला वाहिरबाट गत चैत महिनापछि घर फर्किएका वडा अध्यक्ष सागरसिंह बाब्लीले जानकारी दिए ।

परिक्षणमा सहभागी नगर प्रमुख कुलबहादुर कुवरले आरडिटि चेकजाँचको लागि आवश्यक किट अभावमा एक वडामा मात्रै नमुना परिक्षण गरेको बताउँदै किट आएका अन्य वडामा पनि परिक्षण गरिने जानकारी दिनुभयो।

उहाँले अहिले आएको रिपोटले पुर्ण रुपमा सुरक्षित हुने विश्वास नभएकोले सम्पुर्णलाई सुरक्षित रुपमा घरमा बस्नको लागि आग्रह गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजनामा जिल्लाका नौ वटा स्थानीय तहमा ¥यापिड टेष्ट सम्पन्न भएको जनस्वास्थ्य अधिकृत ढुगानाको भनाई रहेको छ । अव चौरपाटी गाउँपालिकामा मात्रै ¥यापिड टेष्ट गर्न वाँकी रहेको छ ।