नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सांसद डा.सुरेन्द्र यादव अपहरण प्रकरणमा उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन गर्न जोडदार माग गरेका छन् ।
सांसद अपहरण र किनवेच खेलका मतियारका रुपमा प्रधानमन्त्री र घटनामा संलग्न केही व्यक्तिको नाम विभिन्न मीडियाहरुमा सप्रमाण आईसकेको बताउदैं नेता महरले दोषीमाथी आवश्यक कारवाहीका लागि उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन आवश्यक रहेको औल्याएका हुन् ।
अधिनायकवादी ओली सरकार नैतिक र राजनीतिक रुपमा भ्रष्टीकरण संगै तानाशाही प्रवृति उन्मुख भएको प्रमाणित भएको छ, नेता महर भन्छन्, सांसद अपहरण र किनवेच खेलका मतियारका रुपमा प्रधानमन्त्री र घटनामा संलग्न केही व्यक्तिको नाम विभिन्न मीडियाहरुमा सप्रमाण आईस्सके पछि, दोषी माथी आवश्यक कार्यवाहीका लागी उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन आवश्यक छ ।
अहिले कोरोना भाइरसको महामारीका कारण सिङ्गै देश लकडाउनमा छ । यहीबेला बुधबार दिउँसो पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत (भक्तपुर) र किसान श्रेष्ठ (तनहुँ)ले प्रधानमन्त्रीको निर्देशनमा जनकपुरधामबाट डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । यो घटनामा स्वंय देशका प्रधानमन्त्रीको संलग्नता देखिएपछि अहिले उनको चौतर्फी आलोचना भईरहेको छ ।
केही दिन अघि मात्रै ओली क्याबिनेटले विवादास्पद अध्यादेश ल्याएपछि पार्टीभित्र र बाहिरबाट चर्को विरोध भएको र प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः अध्यादेश फिर्ता लिन तयार भएका छन् ।
प्रतिक्रिया