अछाम ।
नेपाली कांग्रेस गेरुवा गाउँ पालिका बर्दियाका पाटी सचिव निर्प रावलको निधन प्रति नेपाली कांग्रेस रामारोशनले गाउँ पालिकाले दुख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस रामारोशन गाउँ पालिका सचिव पुर्ण बहादु विकको हस्ताक्षरित जारी शोक वक्तव्यमा गर्दे नेता रावलको निधनले कांग्रेस रामारोशन र गेरुवा गाउँ पालिका बर्दियालाई ठुलो क्षति भएको उल्लेख गरिएको छ ।
कांग्रेस रामारोशनले शोकको यस दुखद घडिमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनहरुमा धर्य गर्ने शक्ति मिलो भन्दै गहिरो समवेदना प्रकट गरेको छ ।
अछामको रामारोशन गाउँ पालिका २ चाफामान्डौमा घर भएका रावलले तत्कालीन नेपाली कांग्रेस चाफामान्डौ गाविस रहदा उहाँको पाटीमा ठुलो योगदानको कांग्रेस रामारोशनले स्मरण गरेको छ ।
नेता रावल केहि बर्ष अघि बसाइँ सराइ गरेर बर्दिया जिल्लाको गेरुवा गाउँको वडा नं. ३ मा बस्दै आएको नेविसंघ अछामका सदस्य पुष्प बिष्टले जानकारी दिए ।
प्रतिक्रिया