ञा खेती असिना चुट्ट्यो, क्या पालु लालबाल ।
सार्ई जागिर बम्बईमा छुट्ट्यो, कठै महाकाल ।।
म्यासेज हेरी बस्याकि छु, केई आयाको छैन ।
खबर छैन, फोन बन्दछ, बाडुली लाग्दैन ।।
महामारी फैल्यो भन्छन, बम्बई दिन दिन ।
भोक छैन दिनको मलाई, न छ रात निन ।।
क्या खाँदा हुन, काँ बस्दा हुन, धन्न परदेश ।
यो अंश बम्बई माई डुल्लो, वाई डुल्लोछ चेत ।।
लामै छ बम्बईको बाटो, गुजरात पारीको ।
रक्षा गरै भगवान, मेरा फूलवारीको ।।
छाड कली बम्बईका सुख, घर पर्कि आइजा ।
खेत रोपीजा, रान खनीजा, गड्यान पन बाईजा ।।
कोठी धान छन, पोकीदाल, मकै भाकारीमा ।
दुध घरै छ, मह घरै, सागपात छ बारीमा ।।
पैसा कमाई क्याहन्नु छ, खाना किन्नै पड्न्या ।
जागीर छुट्या झन अर्काको कर्ज तिर्नु पड्न्या ।।
हातमैला, सुन थैला क्या हर्नु धनले ।
साग सैनु खायाँको स्वाँदी, हर्षिला मनले ।।
प्रतिक्रिया