मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा क–कस्को हुन्छ कोरोना परीक्षण ?

सुदूरपश्चिममा क–कस्को हुन्छ कोरोना परीक्षण ?

सुदूर आज

धनगढी : सुदूरपश्चिममा कोरोना भाईरसको परीक्षण बढाउनका लागि प्रदेश सरकारले बनाएको मापदण्ड नै बाधक बनेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले जारी गरेको मार्गदर्शन नै कोरोनाको बढि भन्दा बढि परीक्षणका लागि बाधक बनेको हो।

उक्त मार्गदर्शन अनुसार पीसीआर र र्‍यापिड टेस्ट बिधीबाट परीक्षणका लागि विभिन्न मापदण्ड बनाईएइको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले बैशाख १२ गते मात्रै प्रदेशभरीका सबै अस्पताल र स्वास्थ्य कार्यालयलाई कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि बनाएको मार्गदर्शन कार्यान्वयनका लागि निर्देशन दिएको छ।

उक्त मार्गदर्शमा पीसीआर बिधीबाट परीक्षण गर्नका लागि नौँ वटा र र्‍यापिड टेस्टका लागि ६ वटा मापदण्ड बनाईएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने, ‘मापदण्ड अनुसार कोरोना भाईरसको लक्षण भएका व्यक्ति, पछिल्लो १४ दिनभित्र अन्तराष्ट्रिय आवागमन गरेका व्यक्ति, कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्ति र  कोरोनाको लक्षण भएका स्वास्थ्यकर्मीको आरटीपीसीआर मार्फत कोरोना परीक्षण गर्न पाईनेछ।’ उनका अनुसार र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखाएका व्यक्ति, कोरोनाको उपचारमा संग्लन विशेष चिकित्सकले सिफारिस गरेका व्यक्तिको समेत पीसीआर परिक्षण गर्नुपर्ने मापदण्ड रहेको छ। 

‘कोरोना संक्रमितको सम्पर्कमा रहेका तर कोरोनाको लक्षण नभएकाहरु, पीसीआरबाट रिपोर्ट नेगेटिभ आएका तर क्वारेन्टाईनमा राखिएकाहरु (घर फर्किदा), क्वारेन्टाईनको अवधी सकेर घर फर्किनेहरु र उपचारमा संग्लन स्वास्थ्यकर्मीको र्‍यापिड टेस्ट गर्ने प्रावधान रहेको छ,’ स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने, ‘अन्य जिल्लाबाट आउँदैमा सबैको र्‍यापिड टेस्ट गरिराख्नुपर्ने अवस्था छैन्। स्थानीय पालिकामा समेत र्‍यापिड टेस्ट हुँदा स्वास्थ्य कार्यालयले समन्वय गरिरहेका छन्।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी ईन्चार्ज अस्मिता सापकोटाले अहिले पीसीआर परिक्षणका लागि स्वास्थ्य सामाग्री र उपकरणको अभाव नभएको बताईन्। ‘प्रदेशभित्रै दुई वटा प्रयोगशाला पीसीआर परीक्षणका लागि स्थापना गरिएको छ,’ उनले भनिन्, ‘स्वाब संकलनका लागि आवश्यक पर्ने भिटिएमको अभाव रहेकोमा बिहिवार मात्रै ८ सय भिटिएम खरिद गरिएको छ। तर परीक्षण गर्दा हामीले प्रदेश सरकारको मापदण्ड अनुसार गरिरहेका छौ।’

सुदूरपश्चिममा विभिन्न क्वारेन्टाईमा राखिएका सबैको ¥यापिड टेस्ट पनि गरिएको छैन्। कतिपयलाई १४ दिन क्वारेन्टाईनमा राखेर लक्षण नदेखिएको भन्दै घर पठाईएको छ। यस्ले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम अझै बढाएको छ। – dineshkhabar