मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली तन्त्रबाट कानुनी शासन र जीवन रक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ? – डा.बाबुराम

ओली तन्त्रबाट कानुनी शासन र जीवन रक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ? – डा.बाबुराम


काठमाडौँ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको मुद्दा दर्ता नभए पछि समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको आलोचना गरेका छन् ।

उनले फौजदारी संहितामा व्यवस्था भएको कानुन प्रावधानहरू उल्लेख गर्दै आक्रोश व्यक्त गरेका हुन । ट्विट मार्फत डा. भट्टराईले भनेका छन्, यत्रो देश विदेश तरङ्गित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौँमा समयभित्र विधि सम्मत ढङ्गले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरेको उल्लेख गरेका छन् ।

उनले भने ओली तन्त्रमा कानुनको शासन कायम हुन्छ र नागरिकको जीवन रक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेका छन्।

आइतबार समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव आइतबार दिउँसो आफूलाई पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिन परिसर कार्यालय टेकु गएका थिए।

यादवसँगै नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिँह भण्डारी पनि गएका थिए । तर प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि उनीहरु आक्रोशित बनेका छन ।

हेर्नुहाेस बाबुराम भट्टराइकाे ट्विट यस्ताे छ