मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीलाई नेकपाकै नेता शंकर भण्डारीले दिए सात बुदे सुझाव

प्रधानमन्त्री ओलीलाई नेकपाकै नेता शंकर भण्डारीले दिए सात बुदे सुझाव


काठमाडौँ – पार्टीमा छलफल नै नगरी सरकारले दुई अध्यादेश ल्याएपछि तरङ्गित बनेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्ति सङ्घर्ष र धु्रवीकरण थप चुलिएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका युवा नेता शंकर भण्डारीले सात बुदे सुझाव समेत दिएका छन् ।

नेता भण्डारीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको कारण र अन्य विविध कारणले राजिनामा दिएर पार्टीको र देशकै आभिभाबक भयर निकाश दिनु राम्रो हुने बताएका छन् ।

सात बुदे सुझाव

1 -सबैभन्दा पहिला सम्माननिय प्रधानमन्त्री जिउ को स्वास्थ्य अवस्थाको कारणले र अन्य बिबिध कारणले सरकारबाट राजिनामा दि पार्टीको र देशकै आभिभाबक भयर निकाश दिनु राम्रो होला । 

2- यदी राजिनामा दिन मन नै छैन भने सबैभन्दा पहिला आफु सँग नजिक भयको मन्त्री अथबा प्रमुख राजनीतिक सल्लहाकार को बारेमा केही टिका टिप्पणी छन भने निर्ममता पूर्वक छानबिन गरी गल्ती गरेको छ भने कारबाही गरेर भ्रस्टचारको बिरुद्दमा अभियान छेडनुहोस् । 

3- यसरी आफनो नजिकको पात्र बाट कारबाही गरेर अहिले पहिलो चरन्णमा लगभग 100 जनाको जो हाइ प्रोफाइलको छ्न उहाहरुको छानबिन गरी कारबाही गरी तपाईंको भ्रस्टचार मुक्त समाजको सपना पुरा गर्नुहोस ।

4 आफ्नो गुटको नभयर जनतालाई राम्रो डेलिभरी दिन सक्ने मन्त्री निउक्ती गर्नुहोस बाँकी सबैलाई हटाउनुहोस ! आफु पनि इमान्दार बन्नुहोस र मन्त्री लाई पनि इमान्दार बनाउनुहोस । 

5 कुनै पनि मन्त्री या सचिप या तपाईंको सचिवालयमा बसेका जो कसैले पनि भ्रस्टचार गरेको हो हल्ला आयमा तुरुन्त छानबिन गरी हटायएर कारबाही गर्नुभयो भने कसैले भ्रस्टचार गर्ने आट नै गर्न सक्दैनन ।

6 सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टी सँग समन्वय अथबा स्थाइ कमिटिको बैठेकबाट छलफल गरेर मात्र गर्दा राम्रो हुन्छ किनकी सरकारको निर्णय लाई पार्टिले पनि अपन्त्व गर्दछ । अनी सरकारले र पार्टी दुबैले कुनै पनि निर्ययको डिफेन्स गरनेछन ।

7 अहिलेको कोरोना रोगको महासंकटमा जनतालाई कसरी रोग बाट बचाउन र राहत दिन सकिन्छ तेयो बिषयमा ठोस योजना बनाउनुहोस् ! सम्मानानीय प्रधानमन्त्री जिउले यि माथिका बुदाहरुलाई मनन गरेर काम गर्नुभयो भने नेकपाका नेता कार्यकर्ताले मात्र हैन बिश्व समुदायले तपाईंलाई सम्मान गर्नेछ | हैन भने म पनि आलोचक बनिरहनेछु !

भण्डारी नेकपा सुदुरपश्चिम प्रदेश सदस्य हुन् ।