मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका अधिकासं स्थानमा बर्षा

सुदूरपश्चिमका अधिकासं स्थानमा बर्षा

सुदूर आज

धनगढी : सुदूरपश्चिमका अधिकासं स्थानमा आज बिहानैदेखि बर्षा भएको छ। कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि विहानैदेखि बर्षा भईरहेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण अधिकासं स्थानमा बर्षा भईरहेको जनाएको छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग, असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताईन्।

भोली पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। – dineshkhabar