मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा क्वारेन्टाईन व्यवस्थित नहुँदा संक्रमणको जोखिम बढेको गुनासो

दार्चुलामा क्वारेन्टाईन व्यवस्थित नहुँदा संक्रमणको जोखिम बढेको गुनासो

सुदूर आज

दार्चुला : दार्चुलामा काठमाडौँ र भारतबाट फर्किएकाहरुलाई राखिएको क्वारेन्टाईन व्यवस्थित नहुँदा संक्रमणको जोखिम बढेको गुनासो गरिएको छ। जिल्लाको महाकाली नगरपालिकाको महेन्द्र नमूना माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा भारत र काठमाडौँबाट फर्किएकाहरुलाई व्यवस्थित रुपमा नराखिदा कोरोना भाईस मात्र नभई अन्य रोगको जोखिम बढेको चिन्ता गरिएको छ।

क्वारेन्टाईनको बसाई मात्र अव्यस्थित नभएर खाना, पानी, सौचालयको समेत उचित व्यवस्थापन नहुँदा समस्या भएको क्वारेन्टाईनमा बसेका विद्यार्थी राजेश धामीले गुनासो गरे। उनले काठमाडौँबाट फर्केका २६ जना विद्यार्थीलाई पनि यसअघि भारतबाट फर्किएकाहरुलाई नै राखिएको क्वारेन्टाईन राख्दा संक्रमणको जोखिम पनि उत्तिकै बढेको बताए।

यस्तै खाना तथा खाजाको पनि व्यवस्था नहुँदा समस्या भएको तर स्थानीय तहका जनप्रतिनिधी भने गायब भएको गुनासो समेत गरेका छन्।  ‘मेयर साप फोन स्वीच अफ गरेर बस्नुभएको छ। ऋरु जनप्रतिनिधिहरु पनि आउँदैन्। सुरक्षाकर्मीहरु भएपनि उहाँहरुसँग गुनासो गरेर साध्य हुदैन्।

सुरक्षा दिने काम हो दिईरहनुभएकै छ।’धामीले भने। यता महाकाली नगरपालिकाकी उपप्रमुख सुना बोहराले भारतबाट फर्केकाहरुलाई क्वारेन्टाईनमा राखिएको १५–१६ दिन पुगिसकेकाले पनि सँगै राखिएको बताईन्।

खानाको व्यवस्थापनको जिम्मा विपद व्यवस्थाप समितिलाई दिईएकाले समस्या नभएको दावी उनको छ। यस्तै खानेपानी र सौचालयको समेत व्यवस्थापन गरिएकाले खासै समस्या नभएको भन्दै कुनै गुनासो भए सुनवाई गरिने बोहराले बताईन्। – dineshkhabar