मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यात्रुको विवरण नभएका बस रोकिए

यात्रुको विवरण नभएका बस रोकिए

सुदूर आज

सुर्खेत, नेपालगञ्ज र काठमाडौँबाट कालीकोट, जुम्ला र मुगु जान हिँडेका सात वटा बस दैलेखको रानीमत्ता रोकिएको छ। ‘कुन व्यक्ति कहाँबाट चढेको र कहाँ पुग्ने हो?’ भन्ने यात्रु विवरण नभएकाले दैलेख प्रवेश गर्ने रानीमत्तामा रोेकिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए। यात्रुको विवरणसहित आएका १७ वटा बस छोडिएको रानीमत्ता प्रहरी चौकीका इञ्चार्ज चन्द्रलाल गिरीले बताए। 

नेपालभित्रबाटै आएकालाई नजिकको क्वारेन्टाइनमा बस्नुपर्ने गरी गन्तव्यमा पठाउन सकिने नेपाल सरकारको निर्णय छ तर यसरी विना विवरण पठाए सबै जना सोझै घरमा पुग्न सक्ने भएकाले यात्रुको नाम, पुग्न चाहेको पालिका र व्यक्तिको मोबाइल नम्बरसमेतको विवरण बिना नछोड्ने प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए। रासस