मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका लागि अछाम खटिएका डाक्टर अन्य बिरामीको पनि उपचार गर्दै, डा. रेग्मीको नेतृत्वमा २ वटा सल्यक्रिया भए

कोरोनाका लागि अछाम खटिएका डाक्टर अन्य बिरामीको पनि उपचार गर्दै, डा. रेग्मीको नेतृत्वमा २ वटा सल्यक्रिया भए

सुदूर आज

पूर्ण बहादुर खड्का, अछाम ।

संघिय स्वास्थ्य मन्त्रालयबाट कोरोनाको जोखिम र संक्रमणलाई कम गर्न उपचारमा सघाउन अछाम जिल्ला आएका डाक्टरले अहिले अन्य बिरामीको पनि उपचार गरिरहेका छन् ।

संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट कोरोनालाई लक्षित गरेर आएपनि उनिहरुले अस्पतालमा आउने अन्य विरामीहरुको पनि उपचार गरिहरेका छन् ।

चिकित्सकहरुले जिल्ला अस्पताल अछाममा आएका गम्भिर प्रकृतीको बिरामीहरुको र अन्य बिरामीको समेत उपचार गरिरहेका हुन् । केहि समय पहिले अछाम र बाजुरा जिल्ला हेर्न गरी खटिएका ६ जनाको चिकित्सकको टोलीमा रहेका चितिस्क मध्ये हाल ३ जना अछाम र ३ जना बाजुरामा छन् ।

अछाममा रहेका डाक्टर धर्मराज रेग्मीले आफ्नो नेतृत्वमा आईतबार मात्रै दुईवटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन् । कमलबजार नगरपालिका २ कि २१ बर्षिया दिपिका खड्काको सल्यक्रिया मार्फत बच्चा जन्माईएको छ । पहिलो गर्भकी खड्काको पेटमा दुई बच्चा मध्ये एक बच्चा उल्टो भएकाले सल्यक्रिया गर्नु परेको डा.रेग्मीले बताए ।

ख्डकाको गर्भावस्था बारे नियमित चेकजाँच हुन नपाँउदा सुत्केरी हुने दिन नजिकिदैँ जाँदा पेट दुखाई बढी भईरहेको र व्याथाले च्यापेपछि अस्पतालाई पुर्याईएको थियो ।

पेटमा दुईवटा बच्चा समेत थाह नभएको खड्काले बताईन् । अस्पताल आएपछि भिडियो एक्सरे हेर्दा मात्र दुईवटा बच्चा छ भन्ने थाह पाएको उनको भनाई थियो ।

अहिले आमा र दुबै बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सल्यक्रियामा जिल्ला अस्पतालकै डाक्टर अतुल भारदाज लगायत अन्य स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

यस्तै पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानकी ८ बर्षिया निरा बिकको हातको औलाको सल्यक्रिया गरिएको छ ।

जंगलमा घाँस काट्न जाँदा बिकको औला काटिएर दुई टुक्रा भएको थियो । आर्थिक अवस्था कम्जोर भएका कारण टाढा लैजान नसक्ने भएपछि जिल्ला अस्पतालमै उपचार गरिदिन भनेपछि सल्यक्रिया मार्फत उपचार गरिएको डाक्टर रेग्मीले बताए ।

आफु अर्थोपेडिक बिशेषज्ञ नभएपनि कोरोनाको लागि आफुसंगै आएका तर हाल बाजुरामा रहेका अर्थोपेडिक अध्ययनरत डाक्टर मोहन नाथ र डाक्टर क्षितिज सापकोटासंग फोन मार्फत सल्लाह लिएर औलाको सल्यक्रिया गरिएको डाक्टर रेग्मीले बताए ।

बिकको हाल अस्पतालमै भर्ना भएर उपचार भईरहेको डाक्टर रेग्मीको भनाई छ । सल्यक्रियामा डाक्टर सरदचन्द्र बराल, डाक्टर बिष्णु खतिवडा, अस्पतालका डाक्टर दिनेश गरी लगायतका सहभागी रहेका थिए ।

डाक्टर सरदचन्द्र बरालले नेतृत्वमा आएका ६ जना मध्ये ३ जना डा. मोहन नाथ, डा. मिलन सिलवाल र डा. क्षितिज सापकोटा बाजुरा तथा डाक्टर सरदचन्द्र बराल संगै डाक्टर धर्म रेग्मी र बिष्णु खतिवडा अछाममा रहेका छन् ।

चन्दननाथ नगरपालिका १० सिलाम गाँउ जुम्ला स्थायी घर भएका डाक्टर रेग्मी हाल चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान अन्र्तगत परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा प्रसुती तथा स्त्रीरोग बिशेषज्ञको दोश्रो बर्षमा अध्ययनरत रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली संघिय स्वास्थ्य मन्त्रालयले यस प्रदेशमा पठाएको थियो । चिकित्सको टोली अछाम जिल्लामा रहेर एक महिना सम्म काम गर्ने बताईएको छ ।