मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व एमाले मिल्न खोज्दै : पूर्व माओवादी पनि सक्रिय

पूर्व एमाले मिल्न खोज्दै : पूर्व माओवादी पनि सक्रिय

सुदूर आज

काठमाडौं : सत्तारुढ नेकपामा पूर्व एमालेका नेताहरु एक ठाउँमा उभिने तयारी भएपछि पूर्व माओवादी नेताहरु पनि सक्रिय भएका छन्।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुरी बढेपछि पूर्वएमाले एक ठाउँमा उभिने कसरतमा जुटेका हुन्। यस्तै दाहाल पक्ष पनि अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने रणनीतिमा लागेकाे छ।

प्रधानमन्त्री ओलीले आज बिहान वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरी लचकता देखाएका छन्। ओली नेपाल पक्षले उठाउँदै आएको एक व्यक्ति–एक पदको नीतिमा जान तयार भएको दाबी स्रोतको छ। उनले नेता नेपालसँग पावर सेयर गर्ने भएपछि दुवै पक्षबीचको वार्ता सुरु भएको छ।

कोटेश्वरस्थित नेपालको निवासमा सुरु भएकाे छलफलमा ओली र नेपाल पक्षधर नेताहरू सहभागी छन्। स्रोतका अनुसार ओलीले पार्टी अध्यक्ष छोड्ने भएपछि नेपाललाई अध्यक्ष बनाउन सकारात्मक देखिएका छन्।

नेता नेपाल पक्षबाट बैठकमा सहभागी नेता भीम रावलका अनुसार आफूहरुले पहिलेदेखि नै उठाउँदै आएको विषयमा छलफल हुनेछ।

यस्तै पूर्वमाओवादी नेता पनि अध्यक्ष दाहाल निवास खुमलटारमा छलफलमा जुटेका छन्। छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी रहेको स्रोतले बतायो। – nepalsamaya