अछाम
मेल्लेख गाउपालिका वडा न ३ ठाटीमा तीन हजार पिस मास्क, छ सय घर परिवारलाई हात धुने साबुन बितरण गरेको छ ।
सोमबार बसेको वडा को आकस्मिक बैठकले मास्क र साबुन बितरण गरेको हो ।
वडा सदस्य पदम बुढाको अध्यक्षतामा सामाजिक दुरि कायम गरि बसेको बैठकले जनप्रतिनिधि राजनितिक दललाई घरमा पठाई बितरण गरेको वडा सचिव गोबिन्द रावले जानकारी दिनुभएको छ ।
यस्तै मेल्लेख गाउपालिका वडा न ७ नन्देगडामा १८ जना अति जोखिममा रहेका बालबालिका लाई राहत बितरण गरेको छ ।
तत्कालको समस्यालाई समधान गर्न २५ किलो चामल १ पाकेट नुन १ पोको तेल २ चक्कि साबुन बितरण गरेको मेल्लेख न्यायिक समिति सदस्य तथा वडा सदस्य टंक बुढाले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया