मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मासिने बेलामा कमिलाको पखेटा लाग्छ – पूर्व प्रधानमन्त्री भट्टराई

मासिने बेलामा कमिलाको पखेटा लाग्छ – पूर्व प्रधानमन्त्री भट्टराई


पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मासिने बेलामा कमिलाको पखेटा लाग्ने टिप्पणी गरेका छन्।

रेडियो नेपालको वेबसाइटबाट आफ्नो अन्तर्वार्ता हटाइएको प्रसंगमा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे ! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिएवापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने भन्ने वाचा गर्न लगाएछ । पञ्चायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हैन त ?’ भट्टराईले ट्विट गरेका छन्।

रेडियो नेपालबाट प्रशारित लाइभ अन्र्तार्वामा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुर भनेका थिए। त्यसप्रति रेडियो नेपालले दुःखमनाउ गर्दै क्षमायाचना गरेको छ र अब आइन्दा अतिथि चयनमा सावधानी अपनाइने बताएको छ।