मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका १४ अस्पतालबाट चार कोरोना संक्रमित सहित १०९ जना घर फर्किए

सुदूरपश्चिमका १४ अस्पतालबाट चार कोरोना संक्रमित सहित १०९ जना घर फर्किए

सुदूर आज

धनगढी : सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालबाट कोरोना संक्रमित र शंकास्पद बिरामी गरी एक सय नौँ जना अस्पतालबाट घर फर्किएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार चार जना कोरोना संक्रमित र बाँकी एक सय पाँच जना शंकास्पद गरी अहिले सम्म एक सय नौँ जना १४ वटा अस्पतालबाट डिस्चार्ज भएका हुन्। 

सेती प्रादेशिक अस्पतालबाट चार जना कोरोना संक्रमित सहित ४१ जना डिस्चार्ज भएका छन्। यसै गरी बयलपाटा अस्पताल अछामबाट १४ जना, डडेल्धुरा अस्पतालबाट १२ जना र अछाम जिल्ला अस्पतालबाट नौँ जना डिस्चार्ज भएका छन्।

महाकाली अस्पतालबाड ८, डोटी अस्पतालबाट ६, बैतडी र बाजुरा अस्पतालबाट चार/चार, भजनी प्राथमिक स्वास्थ्य केन्द्रबाट तीन, गोकुलेश्वर अस्पताल, टीकापुर अस्पताल र चौमला स्वास्थ्य चौकीबाट २/२ जना, बझाङ अस्पताल र कोल्टी स्वास्थ्य चौकीबाट एक/एक जना जना शंकास्पद बिरामीलाई डिस्चार्ज गरिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो। अहिले सम्म चार जना कोरोना संक्रमित पनि डिस्चार्ज भएर घर फर्किएका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक, लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिला र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भईसकेका हुन्।

अहिले सेती प्रादेशिक अस्पतालबाट धनगढी उप–महनगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय कोरोना संक्रमित महिलाको उपचार भईरहेको छ। यस्तै प्रदेशभरी सात हजार पाँच सय २० जना अटाउने क्वारेन्टाईन स्थापना गरिएकोमा आज सम्म एक हजार चार सय १४ जनालाई राखिएको छ। – dineshkhabar