कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ११ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ११ हजार २ सय २ पुगेको छ।
यस्तै ३० लाख ६९ हजार ८१ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ९ लाख १९ हजार ७ सय ४७ जना निको भइसकेका छन्।
प्रतिक्रिया