शेर बहादुर शाह, कैलाली ।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारले जनताको स्वास्थ्य प्रती खेलबाड गरि रहेको आरोप लगाउनु भएको छ ।
प्रधानमन्त्री आफै पनि विरामी भएकोले उहाँले सोचे अनुसारको काम गर्न नसकेको बताउदै विश्वका अधिकाशं देशहरुका प्रधानमन्त्री आफै प्रत्यक्ष खटिरहेको तर नेपालमा त्यसो हुन नसकेको बताउनु भयो ।
नेता महरले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बेला बेलामा प्रसगं उठाउदै ने क पा भित्रै प्रधानमन्त्रीको विकल्प खाज्ने बहस चलिरहेकोले उल्लेख गर्नुभयो ।
नेकपाको सरकारले लकडाउन बाहेक अरु कुनै पनि काम गर्न नसकेको भन्दै महरले स्वास्थ्य कर्मीलाई अति आवश्यक पर्ने सामाग्री खरिद प्रक्रिमा भ्रष्टचार गरेको आरोप लगाए ।
भारत लगाएतका अरु देशमा अलपत्र परेका नेपालीहरुलाई विस्व माहामारीका वेला हामी सबैले सयंम भएर बस्नु पर्ने र विदेशमा रहेका नेपालीहरुलाइ स्वदेश फिर्ता ल्याउन सरकारले पहल नगरेपनि आफ्नो पार्टी लागी परेको जिकिर गर्नु भयो
नेविसंघका निवर्तमान अध्यक्ष समेत रहेका कांग्रेस यूवा नेता महरले यो सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप समेत लगाए ।
सरकारले ल्याएको अध्यायदेश प्रति लक्ष्ति गर्दे नेता महरले सत्ता र शक्तिमा भएको बेला निरकुंशता लाद्ने काम हिटलरले पनि गरेकोले त्यो निस्चित समयको लागी हुने र लामो समय सम्म टिक्न नसक्नेमा आफू विश्वस्त रहेको बताए ।
कांग्रेसका सम्पुर्ण नेता कार्यकर्तालाई कोरोना भाइरसको नियन्त्रणमा रचनात्मक भूमीका खेल्न आग्रह गर्दै यो विषम परिस्थितीमा सचांरकर्मीको भूमिकाको समेत नेता महरले उच्च प्रसङ्शा गरे ।
प्रतिक्रिया