मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाईरस नियन्त्रणका लागि वाक र आस्था नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

कोरोना भाईरस नियन्त्रणका लागि वाक र आस्था नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सुदूर आज

फाईल फोटो

बिश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) बाट बच्नका लागि वाक नेपाल र आस्था नेपालद्धारा संयूक्त रुपमा साँफेबगर नगरपालिका र मेल्लेख गाउपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रीहरु ह्स्तान्तरण गरिएको छ ।

जसमा PPE ५/५ सेट जम्मा १० सेट, एन ९५ मास्क ३०/३० सेट जम्मा ६० सेट, सर्जिकल मास्क १३७/१३७ सेट जम्मा २७४ सेट, सर्जिकल ग्लोब्स १००/१०० सेट जम्मा २०० सेट, साबुन ६१/६१ सेट जम्मा १२२ सेट, सेनिटाईजर ३०/३० सेट जम्मा ६० सेट हस्तान्तरण गरिएको हो ।

एउटा स्थानिय तह लाई रु. एक लाख बाह्र हजार एक सय पचहत्तर बराबरको सामाग्री हस्तान्तरण गरिएको हो । वाक नेपालको केन्द्रिय कार्यालय साँफेबगरमा समाजिक दुरी कायम गर्दै मेल्लेख गाउपालिकाका लागि समाग्रि हस्तान्तरण गरिएको ।

मेल्लेख गाउपालिका उपाध्यक्ष धनबहादुर शाहले समाग्री सहयोग गर्ने गैर सरकारी संस्थाहरु वाक नेपाल, आस्था नेपाल र वल्र्ड भिजन इन्टरनेश्नल नेपाललाई धन्यबाद ब्यक्त र्गनु भएको थियो ।

उहाँका अनुसार सहयोग गरिएको समाग्री तत्काल गाउँपालिकालाई अत्यन्तै आवश्यक रहेको र सहयोका लागि संस्थाहरुले पहिले नै आवश्यकताका बारेमा समन्वय सहकार्य गर्नु भएको थियो ।

वाक नेपालका अध्यक्ष मिनबहादुर कुँवरले वाक नेपाल, आस्था नेपाल र वल्र्ड भिजन इन्टरनेस्नल नेपालले संयूक्त रुपमा जिल्लामा विभिन्न स्थानिय तह तथा जिल्ला विपद व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको बताउनु भयो ।

उहाँका अनुसार मेल्लेख गाँउपालिकालाई सहयोग गरिए बराबरको सामाग्री साँफेबगर नगरपालिका, पञ्चदेवल बिनायक नगरपालिका र कमलबजार नगरपालिकालाई पनि सहयोग गरीएको बताउनु भएको छ ।

यस्तै साफेबगर नगरपालिकामा सामाजिक दुरी कायम राख्दै नगर प्रमुख कुल बहादुर कँुवरलाई वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख कुल बहादुर कुँवरले नगर भित्र सामाग्री तथा राहत वितरण गर्दा नगरपालिका सँग समन्वय गरेर वितरण गर्दा एक रुपता हुने र नगरपालिकाको राहत कोषको रकम बाट अन्य आवश्यक सामाग्री तथा राहत वितरण गर्नमा सहयोग पुग्ने बताउनु भएको छ ।

हात धुने बानिको विकास होस भन्ने हेतुले साँफेबजारका २ ठाउँमा हात धुने स्थान निर्माण गर्नका लागी ईलाका प्रहरी कार्यालय साँफेबगरलाई २ सेट टुटी सहितका बाल्टी, २ सेट बाटा र साबुन हस्तान्तरण गरिएको छ ।

जिल्ला विपद ब्यबस्थापन समितिलाई PPE ३० सेट, IR Thermal scanners ४ सेट सहयोग गरिएको छ ।