मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा एक हजार १९३ जनाको कोरोना परीक्षण

२४ घण्टामा एक हजार १९३ जनाको कोरोना परीक्षण

सुदूर आज

अस्पतालमा उपचाररत ३८ जनाको स्वास्थ्य सामान्य

काठमाडौं । गत २४ घण्टामा कोरोना भाइरसको आशंकामा  एक हजार १९३ को  नमुना संकलन गरे परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ । 

मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङ्‌मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोरोना भाइरसको आशंकामा  ५४ हजार  ८१६ जनाको नमुना संकलन गरेर परीक्षण  गरिएको जानकारी दिए । उनले पीसीआर विधिबाट हालसम्म १० हजार ८०७ जना र आरडीटी विधिबाट ४३ हजार ४३ जनाको कोरोना भाइरसको आंशकामा नमुना परिक्षण गरिएको जानकारी दिए ।  

“आज देशैभरका आइसोलेसनमा एक सय ७ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकमा ४ जना र उपत्यकाबाहिरका अस्पतालमा एक सय ३ जना रहेका छन्,” उनले भने, “आज देशैभरका क्वारेन्टाइनमा २२ हजार  ९९ जना रहेका छन् ।”

आज रौतहट जिल्लाका २४ वर्ष र ३५ वर्ष पुरुषहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा  कोरोना संक्रमण देखिएको छ । उनीहरु भारतबाट नेपाल आएका र क्वारेन्टाईनमा बसेका थिए ।  हालसम्म संक्रमितको संख्या ५४ पुगेको छ जसमा १६ जना निको भएका मन्त्रालयका प्रवक्ता डा.देवकोटाले जानकारी दिए । 

मन्त्रालयका अनुसार म्अस्पतालमा ३८ जना उपचाररत रहेका छन् । हाल प्रदेश १ को कोशी अस्पताल विराटनगरमा ३१ जना र नारायणी अस्पतालमा ५ जना, चितवनमा १ र सेती अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

मन्त्रालयको हाम्रो स्वास्थ्य मोबाइल एपमामा गत २४ घण्टामा ५ जना रेड जोनमा परेका छन् भने हालसम्म रेड जोनमा पर्नेको तीन सय ९ जना परेका मन्त्रालयले जनाएको छ । 
त्यसैगरी, स्वास्थ्य सेवा विभागलाई शिखर ईन्सुरेन्स कम्पनी प्रा.लिले १७ हजार सर्जिकल मास्क  सहयोग गरेको  मन्त्रालयले जनाएको छ । – baarahkhari