मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप तीनजनामा कोरोना पुष्टि, संक्रमित संख्या ५७ पुग्यो

थप तीनजनामा कोरोना पुष्टि, संक्रमित संख्या ५७ पुग्यो

सुदूर आज

काठमाडौं– नेपालमा बुधबार एकैपटक थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालका कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

मंगलबार, सोमबार नयाँ संक्रमित नथपिए पनि आइतबार वीरगञ्जमा २ जना संक्रमित फेला परेका थिए ।

हाल संक्रमण पुष्टि भएका तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमितव्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको स्रोतको दाबी छ ।

संक्रमण पुष्टि भएका तीनै जनालाई नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको छ ।