मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण नियन्त्रण गर्न प्रदेश सरकार सफल भईरहेको छ : मुख्य मन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण नियन्त्रण गर्न प्रदेश सरकार सफल भईरहेको छ : मुख्य मन्त्री भट्ट

सुदूर आज

वल्र्ड भिजनद्धारा प्रदेश सरकारलाई कोरोना लक्षित उपकरण सहयोग

कैलाली – वल्र्ड भिजन इन्टरनेशनल नेपालले सुदूरपश्चिम प्रदेश सरकारलाई ३ सय २० पीपीई र ३६ इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ ।

कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखी पीपीई सेट तथा इन्फ्रारेड थर्मोमिटर सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्त्ररण गरिएको छ । हस्तान्तरण गरिएका प्रत्येक सेटमा पीपीई लगायत चिकित्सा प्रयोगका लागि १९ वटा सामग्रीहरु रहेको वल्र्ड भिजनले जनाएको छ ।

आफ्नो तीन महिने कोभिड—१९ प्रतिकार्य योजना अन्तर्गत वल्र्ड भिजन इन्टरनेशनल नेपालले पीपीई सहयोग गरेको वल्र्ड भिजन इन्टरनेसनल नेपालका पब्लीक इन्जेजमेन्ट विशेषज्ञ बिनय प्रकास बरालले बताए ।

नेपाल सरकारलाई कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न मद्दत गर्नुका साथै कोभिड—१९ प्रभावित बालबालिका, महिला तथा अत्ति जोखिममा रहेका समुदायहरुलाई सहयोग गर्ने वल्र्ड भिजनको उद्देश्य रहेको बराले बताए ।

सामाजिक विकास मन्त्री कृष्ण सुवेदी उपस्थितिमा सामाग्ी मूख्यमन्त्रीको कार्यालयमा हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा साझेदार संस्था सिएएस्डी कैलालीका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

मुख्यन्त्रीले भट्टले सामग्री बुझ्दै वल्र्डभिजन संस्थाले विपद्को अवस्थामा ब्यक्तिगत सुरक्षाको समाग्रीहरु सहयोग गरेकोमा धन्यवाद दिएका छन् । मुख्य मन्त्री भट्टले प्राप्त सामाग्रीको उचित सदुपयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । साथै भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण देखिएको र त्यसलाई नियन्त्रण गर्न प्रदेश सरकार सफल रहेको उल्लेख गरे ।

समाजिक विकास विकास मन्त्री कृष्ण सुवेदीले वल्र्डभिजनको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । प्रदेशलाई उपलब्ध गराएको पी.पी.इ र इन्फ्रारेड थर्ममिटर कैलाली जिल्लामा ५५ सेट, डोटी र अछाममा ५०÷५० सेट, बझाङमा ४५ सेट र सोही जिल्लाहरुमा ४÷४ लाई इन्फ्रारेड थर्ममिटर यससंस्थाको कार्यक्षत्रका जिल्ला विपद् ब्यवस्थापन समिति तथा स्थानिय सरकारहरु हस्तान्त्रधरण गरिएको छ ।

हस्तान्तरण समारोहमा वल्र्ड भिजन इन्टरनेसनल फिल्ड कार्यालयका पब्लिक इन्गेजमेन्ट विशेषज्ञ बिनय प्रकास बरालले कोविड १९ को प्रतिकार्यको लागि पहिलो चरणमा संघ, प्रदेश तथा स्थानीय तहलाई सहयोग गर्ने योजना अनुरुप पी.पी.इ र इन्फ्रारेड थर्ममिटर आवश्यकताको आधारमा सहयोग गरेको र अगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

वल्र्ड भिजनले कैलाली, बझाङ डोटी र अछाममा जिल्ला विपद् ब्यवस्थान समितिलाई क्वारेन्टाइन निर्माणमा सहयोग गरिसकेको र स्थानीय तहसँग मिलेर राहत वितरण पनि निरन्तर भइरहेको बरालले बताए ।

वल्र्ड भिजन बालबालिका केन्द्रित राहत, विकास र पैरवी गर्ने संस्था भएकाले विश्वमा जोखिममा रहेका लाखौँ बालबालिका जीवनमा परिवर्तन ल्याउन सहयोग पु¥याउदैँ आएको छ ।

स्थानीय समुदायहरु, नागरिक समाज, सरकार तथा निजी क्ष्ोत्रसगँको समन्वय, पारस्परिक सहभागिता, आपसी विश्वास, उत्तरदायित्व र जिम्मेवारी मार्फत साझा लक्ष्य र दृष्टिकोण बनाउँदै बालबालिकाको हितमा काम गर्न सकिन्छ भनेर वल्र्ड भिजनले जातजाति, सम्प्रदाय लिङ्ग वा धर्मको आधारमा भेदभाव नगरी बालबालिका र परिवारहरुलाई सहयोग गर्दे आईरहेको छ ।

विश्वका एक सय भन्दा बढी देशहरुमा कार्यरत वल्र्ड भिजन इन्टरनेशनलले नेपालमा सन २००१ देखि दीर्घकालीन विकासका कामहरु मार्फत बालबालिकाको सम्बृद्धिमा आफ्ना कार्यक्रमहरु सुरुवात गरेको थियो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल हाल देशका मोरङ, उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली, काठमाण्डौँ, लमजुङ, ललितपुर, अछाम, डोटी, जुम्ला, कैलाली र बझाङ्ग गरी ६ प्रदेशका चौध जिल्लामा क्रियाशील रहेको छ ।