मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका १६ सांसद प्रधानमन्त्रीको पक्षमा

सुदूरपश्चिमका १६ सांसद प्रधानमन्त्रीको पक्षमा

सुदूर आज

धनगढी : नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने सम्मको तयारी भएपछि संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन हस्ताक्षर अभियान चलाएका छन्। ओली पक्षले चलाएका हस्ताक्षर अभियानमा सुदूरपश्चिमका बहुमत सांसदले प्रधानमन्त्रीलाई साथ दिएको उनी निकट एक नेताले बताए।

‘बुधबार सम्म आईपुग्दा हाम्रा १९ मध्ये १६ सांसदले प्रधानमन्त्री ज्यूलाई साथ दिने प्रतिवद्धता जनाउनुभएको छ।’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने। केही दिन अगाडी उद्योग मन्त्री लेखराज भट्ट सहितका सुदूरपश्चिमका बहुमत सांसद प्रधानमन्त्रीको पक्षमै रहेको सन्देश दिन बालुवाटार पुगेका थिए।

नेकपा स्थायी कमिटि सदस्य समेत रहेका भट्ट पूर्व माओवादीमा प्रचण्ड निकट मानिन्छन्। तर उनले सार्वजनिक रुपमै अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीको विकल्प नभएको बताईसकेका छन्।

ओली निकट मानिने नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले भने, ‘अहिले प्रधानमन्त्रीलाई हटाउँदा पार्टी विभाजित हुन सक्छ। पार्टी विभाजनको पक्षमा सुदूरपश्चिमका कोही पनि सांसदको सहमती छैन्। तर इन्चार्ज भीम रावल भने प्रधानमन्त्री हटाउने अभ्यासमा लागि रहनुभएको छ।’

बुधबार साँझ ५ बजेका लागि नेकपाको सचिवालय बैठक बस्दैछ। – dineshkhabar