मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारलाई काउन्टर दिदै प्रचण्ड–नेपाल समूह द्वारा पनि हस्ताक्षर सुरु

बालुवाटारलाई काउन्टर दिदै प्रचण्ड–नेपाल समूह द्वारा पनि हस्ताक्षर सुरु


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दलमा बहुमतसिद्ध गर्ने तयारी गरेसँगै प्रचण्ड– नेपाल समूहले पनि हस्ताक्षर सुरु गरेका छन् ।

“हामीले पनि हस्ताक्षरको तयारी गरेका छौं,” नाम नबताउने सर्तमा एक सांसदले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानैदेखि प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर बिहानैदेखि हस्ताक्षर गराइरहेका छन् ।

हस्ताक्षर अभियानले ओली बहुमतमा देखाएको कृष्ण राईले बताए । ओलीले हस्ताक्षर सुरु गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि जवाफ दिएका हुन् ।

अध्यादेश प्रकरणपछि नेकपा विवाद उत्कर्षमा छ । नेकपाले बुधबारै साँझ पाँच बजे सचिवालय बैठक आह्वान गरेको छ ।