मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संचारकर्मीको मेहनतको कदर नहुदाँ अचम्मित छु : पूर्व अध्यक्ष तिमिल्सैना

संचारकर्मीको मेहनतको कदर नहुदाँ अचम्मित छु : पूर्व अध्यक्ष तिमिल्सैना

संचारकर्मीलाई सहयोग उपलब्ध गराउन सरोकारवालासंग पहल गर्न महासंघलाई अपिल

सुदूर आज

संचारकर्मीलाई सहयोग उपलब्ध गराउन सरोकारवालासंग पहल गर्न महासंघलाई अपिल

पूर्ण बहादुर खड्का, अछाम ।

नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले अछाम ( जिल्लामा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण अभियानमा रातदिन खटेर काम गरिरहेका संचारकर्मीको उचित मुल्याकन हुने पर्ने बताएका छन् ।

तिमिल्सैनाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि संग संगै पत्रकार तथा संचारकर्मीहरु पनि अहोरात्र रुपमा क्रियासिल भएकाले कामको सहि मुल्यांकन हुनुपर्ने बताएका हुन् ।

जिल्लाका पत्रकार साथीहरुको मिहिनेत लाई कदर नभएको देख्दा आफु अचम्मित भएको पूर्व अध्यक्ष तिमिल्सैनाले उल्लेख गरेका छन् ।

ग्रामिण भेगमा अभावका बिच नागरिकलाई सुसूचित गरिरहेका एफएम रेडियोहरु, अनलाईन न्युज पोर्टलहरु र राष्ट्रिय स्थरका सञ्चार माध्यमका जिल्ला स्थित प्रतिनिधिको भुमिका सराहनीय भएको तिमिल्सैनाको भनाई छ ।

जिल्लाभर खटेका सबै सञ्चार माध्यमका पत्रकार साथिहरु प्रती उच्च सम्मान समेत प्रकट गर्दै पूर्व अध्यक्ष तिमिल्सैनाले अभावका बिच सञ्चालनमा रहेका संचारमाध्यम, विभिन्न कठिनाईका बाबजुद सक्रिय रहेका र समस्यामा परेका संचारकर्मीहरुको सहयोग र समर्थका लागि सरोकारवाला समक्ष बिशेष सक्रियताका साथ पहल गर्न नेपाल पत्रकार महासंघ अछामको नेतृत्वमा नेपाल प्रेस युनियन अछाम र प्रेस संगठन नेपाल अछाम शाखालाई अपिल गरेका छन् ।

तिमिल्सैनाले घाम पानी भोक निन्द्रा नभनी सक्रिय रहेका, समस्यामा परेका पत्रकार साथिहरु लाई उचित राहत प्याकेज र अत्यावश्यक सुरक्षा सामाग्रीको ब्यवस्था गर्न जिल्ला स्थित सबै स्थानीय तहको ध्यानाकर्षण समेत गराएका छन् ।

रातदिन नभनी खटेका संचारकर्मीको कामको उच्च प्रशंसा

पूर्व अध्यक्ष तिमिल्सैनाले संचारकर्मी तथा संचारमामाध्यमका लागि उठाएका मागहरु यस्ता छन् हेर्नुहोस् ।

१. सञ्चार गृह र सञ्चार माध्यलाई ( एफ एम रेडियो, अनलाइन, स्थानीय दैनिक, साप्ताहि पत्रिका ) संस्थागत सहयोग हुनुपर्ने ।

२. एफ एम रेडियो तर्फ अहोरात्र खटेर काम गर्ने रेडियो प्राविधिक , समाचार पढ्ने साथिहरु, अन्तर्वार्ता लिने साथिहरु, सामाचार संकलनमा कुद्ने मित्रहरु, साथै माथी उल्लेखित साथिहरुका लागि निरन्तर सक्रिय ब्यवस्थापनका साथिहरुलाई राहतका साथै अत्यावश्यक सुरक्षा सामाग्री ब्यवस्थापन आवश्यक छ ।

३. रात दिन सक्रिय अनलाइनका साथीहरु लाई पनि राहतका साथै अत्यावश्यक सुरक्षा सामाग्री उपलब्ध गराउनु पर्दछ ।

४. काठमाडौ बाट प्रकासन र प्रसारण हुने संचार माध्यमका लागि काम गर्ने जिल्ला प्रतिनिधि हरुलाई अत्यावश्यक सुरक्षा सामाग्री चाहिन्छ ।

५. कोरोना भाइरसको रोकथामका लागि घोषित लकडाउनका कारण स्थानीय पत्रिका प्रकाशन रोकिएको छ । स्थानीय पत्रिकामा निर्भर साथीहरुलाई पनि उचित सहयोगको खाँचो छ ।

वेदप्रकाश तिमिल्सैना
सल्लाहकार एवं पुर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ, अछाम