मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धार्चुलामा रहेका नेपाली मजदुरको लागि जन्मभूमीको ढोका खुल्यो

धार्चुलामा रहेका नेपाली मजदुरको लागि जन्मभूमीको ढोका खुल्यो

सुदूर आज

दार्चुला : एक महिनादेखि भारत पिथौरागढको धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको उद्धार सुरु भएको छ। क्वारेन्टाइन अवधि सकिए पनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्ह बसेको बैठकले निर्णय गरेपछि आज बिहानदेखि उद्धार सुरु भएको हो।

सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि एकसातादेखि मिति पक्कापक्की भएको थिएन्। बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमति भएको हो। उनीहरुको आज बिहान साढे ८ बजेदेखि उद्धार सुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपाली एक महिनादेखि बसिरहेका थिए। उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि तीन दिन देखि दार्चुलापुगेका छन्। 

उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन खबर आएको यातायात व्यवसायी दार्चुलाका लवराज अवस्थीले बताए। धार्चुलामा रहेका नेपालीलाई दुई वटा नाकाबाट ल्याईदैछ।

धार्चुलामा १० जिल्ला नागरिक बसेका छन्। बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराउन थालिएको छ भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिईएको प्रजिज पौडेलले बताए।

उनीहरुको सीमा क्षेत्रमा चेकजाँच गरिने, उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको छ। बैतडी र बझांगलाई आजै पठाइने छ।

सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीको रहोबरमा उनीहरु जाने छन्। नेपाल प्रवेश पछि खाजाका व्यवस्था गरिएको छ।