मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलिवुड अभिनेता ऋषि कपूरको निधन

बलिवुड अभिनेता ऋषि कपूरको निधन


काठमाण्डौ – बलिवुड अभिनेता ऋषि कपूरको निधन भएको छ ।

६७ वर्षीय ऋषि कपूरको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई क्यान्सर र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

अमेरिका झण्डै एक वर्षसम्म क्यान्सरको उपचार गरेपछि ऋषि कपूर गएको वर्षको सेप्टेम्बरमा भारत फर्किएका थिए । यही वर्षको फेब्रुअरीमा स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गरिएको थियो ।

बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।