मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट मर्नेको संख्या २ लाख २७ हजार नाघ्यो, २४ घण्टामा कहाँ के भयो ?

कोरोनाबाट मर्नेको संख्या २ लाख २७ हजार नाघ्यो, २४ घण्टामा कहाँ के भयो ?


काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट २ लाख २७ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ५ सय ९३ जनाले ज्यान गुमाएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ३१ लाख ९० हजार ७ सय ८३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८१ हजार ६ सय ७८ नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २८ हजार ४ सय २९ जना संक्रमित थपिएका छन् भने २ हजार ३ सय ९० जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख ३८ हजार ४ सय ५१ पुगेको छ भने मृतकको संख्या ६० हजार ८ सय ७६ पुगेको छ ।

यस्तै स्पेनमा बुधबार मात्रै ४ हजार ७ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ५३ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ३६ हजार ८ सय ९९ पुगेको छ भने २४ हजार २ सय ७५ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा २ हजार ८६ जना संक्रमित थपिएका छन् भने ३ सय २३ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३ हजार ५ सय ९१ पुगेको छ भने मृतकको संख्या २७ हजार ६ सय ८२ पुगेको छ ।

फ्रान्समा बुधबार मात्रै ५ सय ९ जना नयाँ संक्रमित थपिदा ४ सय २७ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६६ हजार ५ सय ४३ जना संक्रमित भएका छन् भने २४ हजार १ सय २१ जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७६ जना नयाँ संक्रमित थपिदा ७ सय ९५ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ६६ हजार ४ सय ४१ जना संक्रमित हुँदा २६ हजार १ सय ६६ जनाको मृत्यु भएको छ ।

जर्मनमीमा बुधबार १ हजार ६ सय २७ मा कोरोना पुष्टि भएको छ भने १ सय ५३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ६१ हजार ५ सय ३९ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ४ सय ६७ रहेको छ ।

रुसमा संक्रमितको संख्या ९९ हजार ३ सय ९९ पुगेको छ भने ९ सय ७२ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा ५ हजार ८ सय २१ जना संक्रमित थपिदा १ सय ५ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ भने मृतकको संख्या १ हजार ७९ पुगेको छ । बुधबार मात्रै भारतमा १ हजार ७ सय ३८ जना संक्रमित हुँदा ७१ जनाको मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा तीन जना नयाँ संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । – nepalsamaya