मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एफएमडीसी र नागरिक समाज संजाल साफेबगरद्वारा बिपन्न परिवारलाई राहत वितरण

एफएमडीसी र नागरिक समाज संजाल साफेबगरद्वारा बिपन्न परिवारलाई राहत वितरण

सुदूर आज

नागरिक समाज संजाल साफेबगरको आयोजना साफेबगर नगरपालिका वडा नम्बर ४ को समन्वय र एफएमडीसी लगायतका अन्य गैरसरकारी संस्थाले आज साफेबगर नगरपालिका वडा नम्बर ४ का अती बिपन्न १५ जना नागरिकलाई खाध्यान सहयोग गरेका छन् ।

वडा नम्बर ४ का वडा अध्यक्ष तथा साफेबगर नगरपालिकाका प्रबक्ता बालगिरी कुँवरलाई उप्त राहत सामग्री हस्तान्तरण पछी बिपन्न परिवारको वितरण गरिएको हो । अध्यक्षले वडा भित्रका १५ जना बिपन्न परिवारलाई प्रति परिवार ३० केजी चामल,२ केजी नुन, १ केजी दाल आधार लिटर तेल २ साबुन बितरण गरेका हुन् ।

राहत वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुवँरले यो बिपतको समयमा सरकारले गरेको लकडाउनको पूर्णपालन कारण दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई निकै अप्ठ्यारो परेको हुँदा उनीहरुलाई राहत दिएकोमा नागरिक समाज संजाल साफेबगर र एफएमडीसी लगायतका गैरसरकारी ससंस्थालाई धन्यवाद ब्यक्त गर्नुभयो ।

वडाका बिपन्न परिवारको बिबरण संकलन भईरहेको र नगरको मापदण्डमा नपरेका तर वडाको मापदण्डमा परेका परिवारलाई केही दिनमै राहत वितरण गरिने उहाँले बताउनुभयो ।लकडान अबस्था अझै लम्बिदै जाने अबस्था भएको कारण अन्य सहयोगी मनहरुलाई पनी सहयोग गर्न आग्रह गर्नुभयो ।

यस्तै संजाल अध्यक्ष बल बहादुर केसीले नाम मात्र नागरिक समाज नभई कामका पनी नागरिक समाज बन्नु पर्छ भन्ने उद्देश्यले थोरै भएपनी सहयोग गरेको बताउनुभयो। आगामी दिनहरूमा के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बारेमा संजाल छलफल गरेर सहयोग गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा एअरपोर्ट बजार ब्याबस्थापन समितिका अध्यक्ष भंकर कुवँर गैसस अछाम महासंघ सचिव ढकेन्द्र कुँवर,गैसस सदस्य तपेन्द्र कुवँर,मान बहादुर कुँवर,अप्सरा कुवँर दिल निसानी,एफएमडीसी जिल्ला संयोजक गणेश तिरूवा लगायतको उपस्थिति रहेको थियो ।