मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा भेन्टिलेटर खरिदको प्रक्रिया सुरु भएन

सुदूरपश्चिममा भेन्टिलेटर खरिदको प्रक्रिया सुरु भएन

सुदूर आज

धनगढी : सुदूरपश्चिममा कोरोना संक्रमितको उपचारका लागि आवश्यक भेन्टिलेटर खरिदको प्रक्रिया अझै सुरु भएको छैन्। गत चैत १५ गतेको प्रदेश मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने २० वटा भेन्टिलेटर खरिदको निर्णय गरेको थियो। तर  उक्त निर्णय गरेको हप्तौ पुगेपनि खरिदको प्रक्रिया अझै सुरु भएको छैन।  

मन्त्रीपरिषद्को बैठकले २० वटा भेन्टिलेटर खरिद गर्दै जिल्ला अस्पतालहरुलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो। भेन्टिलेटर मात्र नभएर प्रदेश सरकारले स्थापना गर्ने तीन वटा प्रयोगशालाको समेत टुङगो लाग्न बाँकी छ। प्रदेश सरकारले कोरोना परीक्षणका लागि तीन जिल्लामा प्रयोगशाला बनाउने निर्णय गरेकोमा अझै कार्यान्वयनको प्रक्रिया अगाडी नबढेको हो। 

सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको गत चैत १५ गतेको निर्णय नम्बर २ को (घ) मा  सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण प्रयोगशालाको व्यवस्था गर्ने र डोटी तथा बैतडी जिल्ला अस्पतालहरुमा समेत प्रयोगशाला स्थापना गर्ने उल्लेख छ। तर अहिलेसम्म प्रयोगशाला स्थापनाका लागि उपकरण खरिदको प्रक्रिया समेत थाल्न बाँकी छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रलाई रकम पठाइसकेको बताए। तर खरिदको प्रक्रियाका बारेमा जानकारी नभएको उनले बताए।  

चैत २७ गतेको मन्त्रीपरिषदको निर्णय नम्बर ५ को (घ) मा डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडीमा दुई/दुई थान भेन्टिलेटर मेसिन खरिद गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई स्वकृति दिइएको छ। तर प्रदेशको सामाजिक विकास मन्त्रालयले उपकरण खरिदका लागि प्रक्रिया समेत थालेको छैन्। 

गत बैशाख ७ गते प्रदेशको सामाजिक विकास मन्त्रालयले १५ करोड ७३ लाख ८० हजार उपकरण खरिदका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थपन केन्द्रलाई अख्तियारी दिएको छ। केन्द्रले भने उपकरणका लागि सामान खरिदको प्रकृया थालेको छैन्। प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले सामाग्री खरिदका लागि मुल्याँकनको चरणमा रहेको बताए।  उनले भने, ‘सामाजिक विकास मन्त्रालयले रकम पठाएको छ। विभिन्न कम्पनीहरुसंग उपकरण खरिदका लागि लाग्ने खर्चको बारेमा छलफल हुँदैछ। केहि दिनमा ठेक्का सम्झौताका लागि सूचना प्रकाशन हुन्छ।’

उपकरण खरिदका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय कुन बोलपत्र  निकाल्ने भन्ने विषयमा समेत केन्द्र अन्यौलमा छ। टेन्डरको सूचना प्रकाशन, खरिद सम्झौता, ढुवानी, जडान लगायतको काम पूर्ण हुन कम्तीमा अझै तीन महिना लाग्ने देखिएको छ। अन्तराष्ट्रिय बोपत्र आह्वान गर्ने तयारीमा केन्द्र छ। आपुर्ती कर्तासंग सामान भए÷नभएको बारेमा पनि अन्यौलता रहेकाले कम्तिमा तीन महिना अझै लाग्ने श्रेष्ठले बताए। – dineshkhabar