मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसमा एक लाखभन्दा बढी कोरोना संक्रमित, प्रधानमन्त्रीलाई पनि संक्रमण

रुसमा एक लाखभन्दा बढी कोरोना संक्रमित, प्रधानमन्त्रीलाई पनि संक्रमण


रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ। बीबीसीका अनुसार यसबारे उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो कल गरेर जानकारी दिएका छन्।

रुसी टिभी च्यानलमा उनले पुटिनलाई भनेका छन्, ‘डियर मिस्टर पुटिन, मलाई भर्खरै थाहा भयो कि मलाई कोरोना भाइरस पोजेटिभ छ। मलाई अब आइसोलेसनमा बस्नुपर्छ र डाक्टरको निर्देशन मान्नुपर्छ।’ प्रधानमन्त्री मिखाइल कोरोना नियन्त्रणका लागि निकै सक्रियताका साथ काम गरिरहेका थिए।

राष्ट्रपति पुटिनले प्रधानमन्त्रीलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। रुसी प्रधानमन्त्रीलाई कोरोना पुष्टि भएको दिन त्यहाँ ७ हजारभन्दा बढी नयाँ केस देखिएको छ।

योसँगै संक्रमितको संख्या एक लाख नाघेको छ। त्यसैगरी १ हजार ७३ जनाको मृत्यु भइसकेको छ।