मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रमिक दिवसको अवसरमा बयालपाटा अस्पतालमा बृक्षारोपण

श्रमिक दिवसको अवसरमा बयालपाटा अस्पतालमा बृक्षारोपण

ग्रिन अस्पताल बनाउने अवधारणा

सुदूर आज

बातावरणिय हिसावले स्वच्छ राख्न ग्रिन अस्पताल बनाउने अवधारणा

पूर्ण बहादुर खड्का, अछाम ।

बिश्व श्रमिक दिवसको अवसर पारेर न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा बृक्षारोपण गरिएको छ ।
बयालपाटा अस्पतालका बरिष्ठ संचालन तथा खरिद प्रमुख तिलकमान बोहराको पहलमा अस्पताल परिसर वरीपरी बृक्षारोपण गरिएको अस्पतालले जनाएको छ ।

बयालपाटा अस्पताललाई ग्रिन अस्पताल बनाउने अवधारणा अनुसार समय समयमा बृक्षारोपण गर्ने गरिएको प्रमुख बोहराले बताए ।

अस्पतालको बातावरणलाई स्वच्छ र सरसफाईमा समेत राख्नका लागि बृक्षारोपण गरिएको प्रमुख बोहराको भनाई छ ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले मे दिवसको अवसरमा बयालपाटा अस्पतालले आफ्नै पहलमा स्वतस्फुर्त रुपमा बृक्षारोपण गरेकोमा धन्यवाद दिदैँ बृक्षारोपणमा आफु पनि सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

यस्तै न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले वातावरणिय हिसाबले उदाहरणिय अस्पताल बनाउन र स्वच्छ राख्नको लागि बोट बिरुवा रोप्ने काम भईरहेको बताए ।

बृक्षारोपण गरी अस्पताललाई हरियाली अस्पतालको रुपमा विकसित गर्न र फोहोर व्यावस्थापनमा पनि सहज होस भनेर बृक्षारोपण गर्न थालिएको डा. गौचनको भनाई छ ।

अस्पताल परिसरमा रबर प्लाण्ट, अशोकका बोट लगायत विभिन्न बिरुवाको बृक्षारोपण गरिएको छ ।

अस्पताल परिसरमा अशोकको बोट रोप्दै नगर प्रमुख कुवँर