मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

सुदूर आज

नेपालमा कोरोना भाइरसका दुई जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनामा कोरोना पुष्टि भएको हो।

उनीहरुमध्ये एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको हो।

उनीहरु दुईमध्ये एक जना विदेशबाट आएको खुलेको छ। अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन्। तर उनलाई नेपालगञ्‍जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। संक्रमित पुष्टि भएकामा रुपन्देहीका २५ वर्षीय पुरुष र बाँकेका ६० वर्षीय पुरुष रहेको मन्त्रालयका सहप्रपक्ता समीरकुमार अधिकारीले बताए।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।