मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मी बोहराले गरे ४६ औँ पटक रक्तदान, अछाममा धेरै रक्तदान गर्ने सम्भवत् पहिलो व्यक्ती

स्वास्थ्यकर्मी बोहराले गरे ४६ औँ पटक रक्तदान, अछाममा धेरै रक्तदान गर्ने सम्भवत् पहिलो व्यक्ती

रगत अभावमा आमा गुमाएको पिडा सम्झीदैँ रक्तदान गरिरहेको बोहराको भनाई

सुदूर आज

रगत अभावमा आमा गुमाएको पिडा सम्झीदैँ रक्तदान गरिरहेको बोहराको भनाई

पूर्ण बहादुर खड्का, अछाम ।

स्वास्थ्यकर्मी भबेन्द्र बोहराले ४६ औँ पटक रक्तदान गरेका छन् । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी बोहराले बिरामीको जीवनदानका लागि ४६ औँ पटक सम्म रक्तदान गरेका हुन् ।

बयालपाटा अस्पतालको मानसिक स्वास्थ्य शाखाको मनोपरार्मश कर्ता कार्यरत बोहराले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरो भनेर रक्तदान गर्दै आईरहेको बताए ।

आफु १३ बर्षको हुदाँ आफ्नो आमाले रगत अभावमा ज्यान गुमाउनु परेको पिडा सुनाउदैँ बोहराले आफ्नो आमा जस्तै कैयौँ आमा र अन्य बिरामीले पनि रगत अभावमा अकालमै ज्यान नजावस भनेर सयम समयमा रक्तदान गर्दै आईरहेको उल्लेख गरे ।

आफनो आमाले बच्चा पाउने बेलामा हेमोग्लोविनको मात्रा कम भएर २०५८ सालमा भेरी अस्पतालमा छट्पटाईरहदाँ त्यो बेला रक्तदान गर्ने मान्छे नपाएर आमा गुमाएको बोहराले दुखेसो पोखे ।

चौरपाटी गाँउपालिका पायलमा घर भएका बोहराले त्यसपछिका दिनहरुमा आफ्नो आमाले रगत अभावमा ज्यान गुमाएको पिडा सम्झिदैँ उहाँको सम्झनामा रक्तदान गर्दै आईरहेको बताए ।

कसैले पनि रगत अभावमा ज्यान गुमाउन नपरोस भनेर आफु धनगढीमा स्कुल पढ्नेक्रममा १८ बर्षको हुदाँ पहिलो पटक रक्तदान गरेको बताए ।

जन्मदिनको अवसरमा नेपाल रेडक्रस सोसाईटीले स्थापना गरेको ब्लड बैँकमा गएर बोहराले पहिलो पटक रक्तदान गरेको स्मरण गरे ।

बुधबार मात्र एनिमिया भएको बिरामीलाई रगतको मात्रा कम भएकाले आफुले ४६ औँ पटक रक्तदान गरेको बोहराले उल्लेख गरे ।

विभिन्न समयमा पटक पटक रक्तदान गर्दै आईरहनु भएका बोहरा धेरै पटक रक्तदान गर्ने सम्भवत् जिल्लामा पहिलो व्यक्त हुनुहुन्छ ।

४६ औँ पटक बयालपाटा अस्पतालमा रक्तदान गर्दै स्वास्थ्यकर्मी बोहरा