पूर्ण बहादुर खड्का, अछाम
जिल्ला अस्पताल अछामको आईश्वलेसनमा मृत्यु भएकी महिलाको कोरोना भाईरस कोभिड १९ को रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नंं ५ घर भएका ५१ बर्षिय महिलाको बिहिबार अस्पतालको आईश्वलेसनमा निधन भएको थियो ।
कोरोना भाईरसको आशंकामा जिल्ला अस्पतालको आईश्वलेश्न वार्डमा उपचारत उनको आरडिटी नेगेटिभ आएपनि पिसिआर परिक्षणको लागि सुर्खेत पठाईएको थियो ।
प्राप्त रिपोर्ट अनुसार उनमा कोरोना नभएको देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झंनक ढुंगानाले पुष्टी गरे ।
कोरोना भाईरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आईसुलेशन वार्डमा राखेर उपचार भईरहेकोमा बिहिबार निधन भएको थियो ।
उनलाई कोरोना भाईरसको आशंकामा बैशाख १५ अस्पतालको आईश्वलेसन वार्डमा राखिएको थियो ।
प्रतिक्रिया