रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बाख्रा चराउन गएका बालबालिकाहरुले भेटेको एउटा बम डिस्पोज गरिएको छ ।
एउटा बम विस्फोट भएको र अर्काे एउटा विस्फोट नभएकाले दहबनबाट गएको सेनाको बम डिस्पोजल टोलीले शुक्तबार बम डिस्पोज गरेको हो । बिहीबार भएको बम विस्फोटमा ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिकाका ४ जना बालबालिकाहरुको शव पोस्टमार्टमका लागि दाङ पठाइएको छ ।
स्थानीय जनप्रतिनिधि, प्रहरी र पीडित परिवारहरुको सहभागितामा मुचुल्का उठाएर शवलाई पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको त्रिवेणी गाउँपालिका–२ का वडा सदस्यधनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
यसैबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विज्ञप्ति निकालेर घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहतका लागि संघीय सरकारलाई सिफारिस गर्ने बताउनुभएको छ ।
घटनाबारेमा थप बुझ्न प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी घटनास्थल जाँदै गरेको बताइएको छ ।
यस बाहेक अरु पनि बम हुनसक्ने आशंका गरिएको छ ।
विस्फोटमा ज्यान गुमाएकामध्ये दुई बालबालिकाको शव बाटो छेउमा र अरु दुई जनाको खेतभन्दा तल पुगेको थियो । – unn
प्रतिक्रिया