मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव नेतृत्वको नेकपाले अछाममा राहत वितरण गर्‍यो

विप्लव नेतृत्वको नेकपाले अछाममा राहत वितरण गर्‍यो


अछाम – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले जिल्लाका विभिन्न ठाउँमा राहत वितरण गरेको छ । १ हप्ता अगाडी सुरु गरिएको राहत वितरण कार्यक्रमकै निरन्तरतामा आज रामारोशन गाउँपालिकामा राहत वितरण गरेको छ ।

गाउँपालिकामा रहेका शहिद परिवार, राजबन्दी परिवार, वेपत्ता योद्धा परिवार र अति विपन्न ३३ परिवारलाई दैनिक उपभोग्य खाद्यन्न सामाग्री वितरण गरिएको जिल्ला जनसरकार अछामका प्रमुख सौगातले जानकारी दिएका छन् ।

जनयुद्धकालमा शहिदले गरेको बलिदानका कारण नै आज सत्ताको बागडोर समाल्न पुगेका पात्रहरुले शहिदहरुका सपना त बेचर खाए खाए आफ्नो सन्तान गुमाएर एकल जिवन व्यतित गरिरहेका शहिद परिवार आमा बुबालाई समेत विश्वव्यापि महामारीको कारण भोकभोकै रहेको अवस्थामा पनि बेवास्ता गरेको कारण हामीले अत्यन्त प्रतिकुल समयका बाबजुद पनि उनीहरुको घर आगनमै गएर राहत वितरण गर्नु परेको समेत जानकारी दिए ।

निर्वाचनताका समाजवादका खोक्रा नारा घन्काएर मत बटुल्ने वर्तमान सरकारका शासकहरुले राहत वितरणको नाममा आफ्ना कार्यकर्ता पोस्ने काम र सस्तो लोकप्रियताको व्यापार मात्रै गरेको र सम्बन्धित गाउँका सरोकारवाला व्यक्तिले वारम्बार वास्तविक पिडितहरुलाई मात्र राहत प्रदान गर भनिरहँदा त्यसको कुनै सुनुवाइ नगरी प्रतिनिधिको नजरमा परेकोलाई मात्र राहतमा समेटिएको हुँदा सरकारले वितरण गरेको राहतमा छुट्न गएका शहिद, राजवन्दी र अति विपन्न परिवालाई आफुले राहत वितरण गरेको पनि जानकारी जनसरकार प्रमुखले दिए ।

रामारोशन गाउँपालिकाको साथै तुर्माखादमा पनि आजै राहत वितरण गरिएको र यस कार्यलाई अझै केहिदिन सम्म निरन्तरता दिने समेत उनले जानकारी दिए ।

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्व समुदाय यतिखेर संकटग्रस्त अवस्थामा छ । करिब ४ महिना अघि चीनको वुहान प्रान्तबाट संक्रमणको सुरुवात भए यता कोरोना भाइरसका कारण विश्वभर करिब २१७,५६९ जनाले ज्यान गुमाईसकेका छन भने ३,१२७,५१९ जना संक्रमित भइसकेका छन् जसमा ९३५,६४६ व्यक्तिहरु निको भएर घर फर्किसकेको अवस्था छ ।

विश्व स्वास्थ्य संगठनको आवहानमा विश्व लकडाउन (बन्दाबन्दी) मा छ । कोरोना नियन्त्रण तथा रोकथामको प्रभावकारी उपाय मध्येको सर्वोत्तम उपाय लकडाउन भएका कारण संसारभरका नागरिकहरु अनेकौं असहजताका बाबजुद यसलाई एकसाथ पुर्ण पालना गरिरहेका छन् । नेपाल सरकारले लागु गरेको लकडाउन १ महिना बढी नाघेको छ ।