मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी जेसिज ३८ औँ बर्षमा प्रबेश, राष्टिय अध्यक्षद्धारा शुभकामना व्यक्त

धनगढी जेसिज ३८ औँ बर्षमा प्रबेश, राष्टिय अध्यक्षद्धारा शुभकामना व्यक्त

सुदूर आज

स्थापना दिवसको अवसरमा रक्तदान

धनगढी : धनगढी जेसिजले ३८ औँ बर्षमा प्रबेश गरेको छ । जेसिज अभियानमा यूवाहरलाई सहभागी गराई बिधिको शासन, बन्धुत्वको भावना र मानवताको सेवालाई आर्दश मान्दै यूवाको नेतृत्व र व्यक्तीत्वमा महत्वपूर्ण भुमिका खेल्दै आफ्ना ३७ औँ बसन्त पुरा गरेर धनगढी जेसिज ३८ औँ बर्षमा प्रबेश गरेको हो ।

धनगढी जेसिजले स्थापना दिवसका अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको छ । स्थापना दिवसका अवसर आज धनगढीमा आयोजना गरेको रक्तदान कार्यक्रममा २६ पिन्ट रगत संकलन भएको छ ।

मानवताको सेवा अन्तरगत शनिबार रक्तदान कार्यक्रम गरिएको धनगढी जेसिजका कार्यक्रम संयोजक मनिष कुवँरले बताए । लकडाउनका बेला अस्पतालहरुमा हुने रगतको अभावलाई ध्यानमा राख्दै जेसिजले स्थानपना दिवसमा रक्तदान कार्यक्रम गरेको जनाएको छ ।

धनगढी जेसिजका अध्यक्ष श्याम पाठकले स्थापना दिवसका अवसरमा वक्तव्य जारी गर्दै स्थापना कालदेखि विभिन्न वर्षमा जेसिजको सफल नेतृत्व गरेकाहरुलाई कृतज्ञता ज्ञापन गरिएको छ । पाठकले जारी गरेको वक्तत्वमा संस्थापक सिनेटर रघुनाथ पाठक र स्थापना कालदेखि विभिन्न वर्षमा सफल नेतृत्व गर्नेहरुलाई कृतज्ञता ज्ञापन गरिएको हो ।

यस्तै स्थापना दिवसको अवसरमा नेपाल जेसिजले शुभकामना व्यक्त गर्दै धनगढी जेसिजले गरेका कामको मुक्तकण्ठले प्रशंसा गरेको छ । राष्टिय अध्यक्ष जेसिआई सिनेटर अशोक शंकरद्धारा जारी व्यक्तव्यमा बर्ष २०२० लाई सफल पार्न शुभकाना व्यक्त गरिएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका, कैलालीबाट निर्वाचित प्रतिनिधी सभा सदस्यहरुले समेत स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।