मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीउद्योग वाणिज्य सङ्घद्वारा ५ लाख बराबरको सहयोग

कैलालीउद्योग वाणिज्य सङ्घद्वारा ५ लाख बराबरको सहयोग

सुदूर आज

कैलाली । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढी उपमहानगरपालिकाअन्तर्गतको विपद् व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

आज उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई रु एक लाख ६९ हजार बराबरको खाद्यान्न र रु तीन लाख ३२ हजार नगद उपलब्ध गराउने गरी समझदारीपत्र हस्तान्तरण गरिएको बताइएको छ ।

सङ्घका अध्यक्ष पुष्पराज कुँवरले नगद र खाद्य सामग्री गरेर रु पाच लाख एक हजार बराबरको राहत उपमहानगरपालिकालाई उपलब्ध गरेको बताए ।

जिल्लाका होटल, हार्डवयर, किराना, मदिरा, इलेक्ट्रोनिक्स, पोल्ट्री, तरकारी, पुस्तकलगायत व्यवसायी सङ्घहरुको सहयोगबाट राहत हस्तान्तरण गरिएको बताइएको छ । रासस