मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको ढकारीमा फेला परेको सकेट बम सेनाद्वारा निस्क्रिय

अछामको ढकारीमा फेला परेको सकेट बम सेनाद्वारा निस्क्रिय

सुदूर आज

अछाम – अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर-१ मा भेटिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

भवानी बक्स गण मंगलसैनका सेनानी हरिबहादुर श्रेष्ठको टोलीले शुक्रबार साँझ ६ बजे बम डिस्पोज गरेको हो ।

ढकारी गाउँपालिका वडा नम्बर-१ का स्थानीय दिलबहादुर बुढाको घर नजिकैको झाडीमा शुक्रबार बम फेला परेको ढकारी प्रहरी चौकीका इन्चार्ज मदन सिंह धामीले जानकारी दिनुभयो ।

फेला परेको  बम द्वन्द्वकालमा छुटेको हुनसक्ने ढकारी गाउँपालिका-१ का वडाध्यक्ष भवानीप्रसाद उपाध्यायले बताउनु भयो ।