मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको धार्चुला हुदै अछामका ५० जना जिल्ला भित्रिए

भारतको धार्चुला हुदै अछामका ५० जना जिल्ला भित्रिए


गीता कुँवर, अछाम।

भारतको धार्चुलामा रहेका अछामका ५० जनालाई जिल्ला ल्याईएको छ । उनीहरुलाई धार्चुलाबाट बिहिवार दार्चुला ल्याईएको थियो ।

दार्चुलाबाट शनिवार उनीहरुलाई अछाम ल्याईएको हो । ढकारी गाउँपालिका ३२ जना र तुर्माखाद गाउँपालिकाको १८ जना रहेका छन् । उनीहरु सबैलाई स्थानीय तहको क्वारेन्टाईनमा राखिने र कोरोना परिक्षण पछि मात्र घर पठाउने प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।

उनले भने ‘एक महिना भन्दा बढी धार्चुलाको क्वारेन्टाईनमा बसेर आएका छन,बाहिरबाट आउनेलाई २१ दिन क्वारेन्टाईमा राख्ने निर्णय गरेका छौ, तर उनीहरु क्वारेन्टाईनमै बसेकाले यता थप १४ दिन जति क्वारेन्टाईनमा राखेर परिक्षणपछि मात्र घर पठाउछौ ।’

ढकारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टेक वलीले केहि व्यक्तिहरु क्वारेन्टाईनमा नबसेको खबर पाएकोले सबैलाई २१ दिन क्वारेन्टाईमा राखेर परिक्षण गरिने बताए । उनले भने ‘केहि व्यक्तिहरु हुलमुलमा आएका छन् केहि एक महिना भन्दा पनी बढी क्वारेन्टाईनमा बसेर आएका छन्,उनीहरु धार्चुलाको क्वारेन्टाईनमा बसे नबसेको बुझेर थप यता कति दिन क्वारेन्टाईनमा राख्ने भनेर सोहि अनुसार राख्ने छौ ।’

साँफेबगर वाक नेपालले उनीहरुलाई पानी र खाजाको व्यवस्था गरेको थियो । अछाम,सुर्खेत र दैलेखका ७२ जनालाई पानी र खाजाको व्यवस्था गरेको वाक नेपालका उपाध्यष बलहादुर केसीले बताए । उनले भने ‘हिजो देखि भोकै रहेछन्,पानी र खाजा खुवायौ,उनीहरुले पानी समेत खान नपाएको गुनासो गरे ।’