मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको धार्चुलाबाट उद्धार गरि ल्याएका अछामका ५० जनालाई क्वारेन्टाईनमा राखियो

भारतको धार्चुलाबाट उद्धार गरि ल्याएका अछामका ५० जनालाई क्वारेन्टाईनमा राखियो

सुदूर आज

फाईल फोटो

कमल रावल, अछाम

भारतको धार्चुलाबाट एक महिनापछि उद्धारगरि ल्याईएका अछामका ५० जना क्वारेन्टाईनमा राखिएको छ ।

दार्चूला सिमानाका भएर ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका गरि ल्याईएका ५० जनालाई क्वारेन्टाईनमा राखिएको हो ।

ढकारीका गाउपालिकाका ३२ जना र तुर्माखाद गाउपालिकाका १८ जना रहेका अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताउनु भयो ।

अछाम पुगिसेकपछि सम्बन्धीत स्थानिय तहलाई जिम्मा लगाएर क्वारेन्टाईनमा राख्ने प्रबन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी पौड्लले बताउनु भयो ।

ढकारी गाउँपालिकाका ३२ जनालाई अहिले गाउपालिका नजिकै रहेको गुरुकुल माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर वलिले बताउनु भयो ।

गाउपालिकाका विभिन्न वडामा अझै पनि ६ जना क्वारेन्टाईनमा रहेका उहाँले बताउनु भयो । उता तुर्माखाद गाउपालिकाका १८ जना सबै वडा नम्बर १ रहफका भएको बताईएको छ ।

उनिहरु सबैलाई वडा अध्यक्षको जिम्मा लगाएर वडाको क्वारेन्टाईनमा राखिएको तुर्माखाद गाउपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउनु भयो ।

तुर्माखाद गाउपालिका पनि सबै वडामा गरि ७० जना क्वारेन्टाईनमा बसिरहेका अध्यक्ष शर्माले जानकारी दिनु भयो ।