मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनमा शिक्षालाई प्रभावकारी बनाउन सरकारलाई कांग्रेस नेता महरका सात सुझाव

लकडाउनमा शिक्षालाई प्रभावकारी बनाउन सरकारलाई कांग्रेस नेता महरका सात सुझाव


काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले कोरोनाले शैक्षिक क्षेत्र निकै प्रभावित बनेको भन्दै यसतर्फ सरकारलाई गम्भीर हुन सुझाव दिएका छन्। नेता महरले सामाजिक सञ्जाल फेसबुकमा एक पत्र पोस्ट गर्दै ७ बुँदे सुझाव दिएका छन् ।

‘कोभिड–१९को महामारीले विश्वसँगै नेपाल पनि प्रभावित बनेको र शिक्षा क्षेत्रमा गम्भीर समस्या सिर्जना भएको छ’, उनले लेखेका छन्, ‘लामो समयदेखि पठनपाठन पूर्ण रुपमा बन्दछ । कक्षा १०, ११ र १२ का १५ लाखभन्दा बढी विद्यार्थीहरू नियमित परिक्षा नहुँदा मानसिक तनावमा छन् ।’

उनले यी यस्ता समस्यालाई मध्यनजर गर्दै भर्चुअल कक्षाका लागि निशुल्क इन्टनेटको व्यवस्था गर्नुपर्ने बताए । कक्षा दशको परिक्षा सम्बन्धित विद्यालयले लिई नतिजा प्रकाशन गर्नेसम्मको अधिकार सरकारले सम्बन्धित विद्यालयलाई दिनुपर्ने उनको अर्को सुझाव छ ।

महरका सात सुझाव

१. भर्चुअल कक्षाका लागि निशुल्क इन्टरनेटको व्यवस्था गर्नु पर्दछ ।

२. कक्षा १० को परिक्षा सम्बन्धित विद्यालयमा लिने वा सोही विद्यालयले परिक्षा लिने र नतिजा प्रकाशनसम्मको अधिकार पाउनु पर्दछ ।

३. कक्षा ११ को परिक्षा लिने र नतिजा प्रकाशन गर्ने लगायतको सबै जिम्मेवारी सम्बन्धित विद्यालयलाई दिनु पर्दछ। ४. कक्षा १२ को परिक्षा सम्वन्धित विद्यालयमै लिने वा पुरानै अनुसार सञ्चालन गर्ने प्रवन्ध मिलाउनु पर्दछ ।

५. विद्युत र इन्टरनेट नभएको ठाउँमा घुम्ती कक्षा सञ्चालन गर्नु पर्दछ ।

६. विद्यार्थीको पढाई र सिकाइको बारेमा सञ्चार माध्यम र सबै प्रकारका फोनहरूमा अभिभावकको जिम्मेवारी बारेका सूचना मुलक सन्देश दिनु पर्दछ।

७. शिक्षित अभिभावकलाई घरमै कक्षा लिन अनुरोध गर्नु पर्दछ ।